दफा ४०९
दान वा बकस बदर गराउन सकिने

(१) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा त्यस्तो दान वा बकस बदर गराउन सकिनेछ :–
(क) अन्य व्यक्तिको हक र स्वामित्वको सम्पत्ति दान वा बकस दिएमा,
(ख) कानून बमोजिम अन्य व्यक्तिको मञ्जुरी लिनु पर्नेमा त्यस्तो व्यक्तिको मञ्जुरी नलिई कुनै सम्पत्ति दान वा बकस दिएमा,
(ग) असक्षम वा अर्धसक्षम व्यक्तिले कुनै सम्पत्ति दान वा बकस दिएमा,
(घ) कानूनको रीत नपुर्‍याई सम्पत्ति दान वा बकस दिएमा ।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिम अन्य व्यक्तिको मञ्जुरी लिनु पर्ने अवस्थामा मञ्जुरी नलिई दान वा बकस गरी दिएकोमा यसरी मञ्जुरी नलिएको हदसम्मको सम्पत्ति बदर हुनेछ ।